झापा, असोज २८ । झापाको गौरादह नगरपालिकामा जिल्लास्तरीय अन्तरपालिका मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा गौरादह नगरपालिकाले मेची नगरपालिकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । गौरादहले मेचीलाई २५–२२ र २५–१७ को सोझो सेटमा हराएको हो । मंगलबारै भएको अर्को खेलमा दमक नगरपालिकाले भद्रपुर नगरपालिकालाई २५–२३ र २५–१८…