सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्ष बन्ने • Image Khabar Image Khabar


सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्ष बन्ने


Imagekhabar
२७ आश्विन २०७६, सोमबार ११:४८

सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्ष बन्ने

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष बन्ने भएका छन् ।

भारतको मुम्बईमा हिजो भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकमा यो सहमति बनेको हो ।

यसअघि शनिबार भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको घरमा पनि बैठक बसेको थियो ।

४७ वर्षीय सौरभ गांगुली हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन् । यदि गांगुली बीसीसीआईको नयाँ अध्यक्ष बनेमा उनी १० महिनासम्म यस पदमा रहने छन् ।

उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुनेछ । त्यसपछि उनी अनिवार्य रुपले तीन वर्षको कुलिङ पिरियडमा जानुपर्ने छ ।

यसैगरी भारतका गृहमन्त्री अमित शाहका छोरा जय शाह बीसीसीआईको सचिव बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बीसीसीआईको पाँच सदस्यीय पदका लागि आज मनोनयन दर्ता हुँदैछ भने २३ अक्टुबरमा चुनाव हुनेछ ।

यसपटक सबै पदमा सर्वसम्मत पदाधिकारी चयन गर्ने कसरत भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्