१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


रुस र पोल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनौट


0
Shares

काठमाडौं । रुस र पोल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताका लागि छनौट भएका छन् ।

गएराति भएको समूह ‘आई’ को खेलमा साइप्रसलाई ५–० ले हराउँदै रुस युरोकपमा छानिएको हो ।

यही समूहका अन्य खेलहरुमा बेल्जियमले काजखस्तानलाई २–० ले हराउँदा स्कटल्याण्डले सान मारिनोमाथि ६–० को जित निकाल्यो ।

यो समूहमा ८ खेलबाट बेल्जियमले २४ अंक जोड्दा दोस्रो स्थानमा रहेको रुस पनि २१ अंकसहित युरोकपमा छानिएको हो ।

उता समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २–० ले हराउँदै पोल्याण्ड पनि प्रतियोतिाको लागि छानिएको छ ।

छनौट अन्तर्गत गएरातिका खेलहरुमा नेदरल्याण्ड्स, जर्मनी र हंगेरी पनि विजयी भए ।

समुह ‘सी’ को खेलमा नेदरल्याण्ड्सले बेलारुसलाई २–१ ले हराउँदा जर्मनीले इस्टोनियामाथि ३–० को जित निकाल्यो ।

उता समूह ‘इ’ को खेलमा हंगेरीले अजरबैजानलाई १–० ले हराउँदा क्रोएसिया र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् ।