पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा - Image Khabar
Everest Bank

पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

काठमाडौं, असोज २८ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

आज आफ्नो ट्वीटर ह्याण्डल बाट उनले राजीनामा गरेको घोषणा गरेका हुन् ।

नेपाली क्रिकेटको निलम्बन फुकुवा भएकोमा खुशी व्यक्त गर्दै नेपाली क्रिकेट, खेलाडी र यसका अरु पक्षमा राम्रो गर्न उनले नवनिर्वाचित कमिटीलाई शुभकामना पनि दिएका छन् ।

त्यसै ट्वीटमा उनले थप लेखेका छन्, ‘मैले नेपाली क्रिकेट टीमको कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । जय नेपाल !’

नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट कमिटीबाट शर्तसहितको निलम्बन फुकुवा पाएकै बेला नेपाली क्रिकेट टोलीका कप्तान खड्काले राजीनामा घोषणा गरेकामा सबै आश्चर्यचकित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्