काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्काले अर्को महिना युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ । टि–टेन लिग यही नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ । यसमा विभिन्न ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।…