बार्सिलोना, लिभरपुल, चेल्सी, इन्टरमिलान र नापोली विजयी • Image Khabar Image Khabar


बार्सिलोना, लिभरपुल, चेल्सी, इन्टरमिलान र नापोली विजयी


Imagekhabar
७ कार्तिक २०७६, बिहीबार ०७:००

बार्सिलोना, लिभरपुल, चेल्सी, इन्टरमिलान र नापोली विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, लिभरपुल, चेल्सी, इन्टरमिलान र नापोली विजयी भएका छन् ।

समुह ‘ई’ को खेलमा इंग्ल्याण्डको लिभरपूलले बेल्जियमको गेन्कलाई ४–१ ले हराउँदा इटालीको नापोलीले अष्ट्रियाको साल्जबर्गलाई ३–२ ले पराजित गर्‍यो ।

यसैगरी समुह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले चेक गणतन्त्रको स्लाभिया प्रागलाई २–१ ले हराउँदा इटालीको इन्टर मिलानले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले पाखा लगायो ।

समुह ‘जि’ को खेलमा पोर्चुगलको बेनिफिकाले फ्रान्सको लियोंलाई २–१ ले पराजित गर्दा जर्मनीको आर.बी लेप्जीगले रुसको जेनिथलाई समान २–१ ले नैं हरायो ।

गएराती इङ्गल्याण्डको चेल्सीले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा १–० ले पराजित गर्‍यो ।

समुह ‘एच’ कै अर्को खेलमा फ्रान्सको लिल र स्पेनको भ्यालेन्सियाले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस्