
काठमाडौं, कात्तिक ५ । कर्पोरेट ‘सुपर सिक्सेस’ क्रिकेटको छैटौं संस्करण यही पुस २ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
एसएस इभेन्ट्स प्रालिले आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करणमा कुल २४ कर्पोरेट टोलीले भाग लिँदैछन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकसँग प्रायोजन सम्झौता गरिएको छ ।
सम्झौतापत्रमा आयोजकका तर्फबाट एसएस इभेन्ट्सका सीइओ रमन शिवाकोटी तथा माछापुच्छ्रे बैंकका तर्फबाट सीइओ सुमन शर्माले हस्ताक्षर गरे ।
सुपर सिक्सेस प्रतियोगिता पाँच ओभरको हुनेछ । सेतो बल र रंगिन जर्सीमा खेलाइने प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले प्राविधिक सहयोग गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्