
काठमाडौं, कात्तिक ५ । दक्षिण एसियाली महिला यु–१६ नेटबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्ससित पराजित भएपछि नेपाल चौथो स्थानमा समेटिएको हो ।
लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा घरेलु टोली नेपालविरुद्ध माल्दिभ्स ३५–२५ ले विजयी भयो ।
श्रीलंकाले जित्यो उपाधि
दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि भने श्रीलंकाले जितेको छ ।
मंगलबारै भएको फाइनल खेलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले प्रतियोगिताको पहिलो संस्करणको उपाधि हात पारेको हो ।
नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रहरु नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र पाकिस्तान सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्