पोखरा, पुस ३ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । बिहीबार चितवनले पोखरा रंगशालामा भएको खेलमा बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले हराएको हो । पीपीएलमा यो अहिलेसम्मकै फराकिलो नतिजा हो । चितवन अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने एकमात्र टोली बनेको छ । खेलमा टस हारेर…