२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रियाल मड्रिड र म्यान्चेस्टर सिटीको सहज जित, बायर्न, टोटनह्याम र युभेन्टस विजयी


0
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति रियाल मड्रिड, म्यान्चेस्टर सिटी, वायर्न म्युनिख, टोटनह्याम हट्सपर र युभेन्टस विजयी भएका छन् ।

समूह ‘ए’ को खेलमा स्पेनको रियाल मड्रिडले टर्कीको गालातासारेलाई १–० ले हराउँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बेल्जीयमको क्लब ब्रुजलाई ५–० ले पाखा लगायो ।

यसैगरी समूह ‘बी’ का खेलहरुमा इंग्लण्डको टोटनह्याम हट्सपरले सर्वियाको रेडस्टार बेलग्रेडलाई ५–० ले हराउँदा जर्मनीको बायर्न म्युनिखले ग्रिसको ओलम्पियाकोसमाथि ३–२ को कठिन जित निकाल्यो ।

समूह ‘सी’ को खेलमा इंग्लण्डको म्यान्चेस्टर सिटीले इटालीको एटलन्टालाई ५–१ ले हरायो । यही समूहको अर्को खेलमा युक्रेनको सख्तर डोनेट्स्कले क्रोएसियाको डाइनामो जाग्रेबसँग २–२ गोलको बराबरी खेल्यो ।

समूह ‘डी’ को खेलमा इटालीको युभेन्टसले रुसको लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर लिरभकुजेनलाई १–० ले पराजित ग¥यो । च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’ देखि ‘एच’ सम्मका बाँकी आठ खेलहरु आज राती हुनेछन् ।