काठमाडौं, कात्तिक २४ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो बुधबारदेखि काठमाडौंमा हुने ‘योनेक्स–सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन’ प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दक्षिण एसियाका आधादर्जनसहित जापान, कोरिया, रुस, अमेरिका,…