
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको ऐतिहासिक प्रदर्शन जारी छ । हिजो(विहीबार) पाँचौ दिनको अन्त्यसम्म नेपालले ३६ वटा स्वर्ण पदक जितेको छ ।
६२ वटा स्वर्ण पदकको साथ भारत शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको १७ स्वर्ण तथा चौथो स्थानको पाकिस्तानको १५ स्वर्ण पदक छ ।
बंगलदेशले हिजोसम्म ४ वटा स्वर्ण पदक जितेको छ । माल्दिभ्सले एउटा स्वर्ण पदक हात पार्दा भुटानले स्वर्ण पदकको खाता खोल्न सकेको छैन ।
नेपालले सागमा ३६ वटा वर्ण पदक जितेको यो पहिलो अवसर हो । यसअघि नेपालले सन् १९९९ को आठौं दक्षिण एशियाली खेलकुदमा जितेको ३१ स्वर्ण नैं अहिलेसम्मको उत्कृष्ट प्रदर्शन थियो ।
यसपटक स्वर्ण पदकको संख्यामा मात्रै नभएर नेपालले बढी खेलमा स्वर्ण जित्ने कीर्तिमान पनि बनाएको छ ।
हिजो पाँचौ दिनका खेलहरु सकिँदा नेपालले ८ खेलमा स्वर्ण पदक जितेको छ ।
नेपालले यसपटक एथ्लेटिक्स, पौडी, भारत्तोलन, साइक्लिङ, ट्राएथ्लन, कराँते, तेक्वान्दो र उसुमा स्वर्ण पदक जितिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्