काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना केही नीति नियम परिवर्तन गरेको छ । पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नयाँ प्रावधानहरु लागु गरेको हो । क्रिकेट सुचारु भएपछि म्याच बललाई चम्काउनका लागि थुक वा अरु तलर पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो । खेलका…