क्यानको मुख्य प्रशिक्षक नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गर्ने • Image Khabar Image Khabar


क्यानको मुख्य प्रशिक्षक नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गर्ने


Imagekhabar
६ श्रावण २०७७, मंगलवार ०९:५७

क्यानको मुख्य प्रशिक्षक नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने भएको छ ।

क्यानको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र व्यवस्थापकका लागि एक सातामा दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि यो पद रिक्त छ । हिजोको बैठकमा क्यानले विभिन्न सात वटा निर्णय सार्वजनिक गरेको छ ।

क्यानले सात प्रदेशका लागि प्रशिक्षकको दरखास्त खुल्ला गर्ने तथा मुलपानीसहित अरु तीन वटा मैदानका लागि एक एक जना क्युरेटर नियुक्त गरेको छ ।

यसका साथै क्यानले भदौं १५ गतेभित्र क्यानको साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी क्यानले केन्द्रिय सदस्य जयन्ती भट्टको संयोजकत्वमा सात सदस्यीय महिला क्रिकेट विकास समिती बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्