काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटरमा चितवन राइनोजले काठमाण्डू गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको टसमा चितवनका कप्तान रवि बोपाराले बाजी मार्दै ब्याटिङ रोजेका हुन् ।
यस खेलको नतिजाले दुवै टोलीको आगामी यात्रा तय गर्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्