काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, अल्पकालीन अन्तरिम आदेश आवश्यक पर्ने वा नपर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको छ ।
विपक्षीहरूले लिखित जवाफ पेस गरेपछि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्