काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजारमा गिरावटले आएको छ । अघिल्लो दिनदेखि सुरु भएको दोहोरो अंकको गिरावट आज पनि कायम रहँदा नेप्से परिसूचक ११ अंकले घटेर २६२५ को विन्दुमा झरेको छ ।
दिनभर उतारचढाव देखिएको बजारमा वाणिज्य बैंक र सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको कारोबार ऋणात्मक रह्यो । वाणिज्य बैंक र सामूहिक लगानी कोषमा भने सामान्य वृद्धि देखिएको छ ।
सबैभन्दा बढी व्यापार समूह २.५ प्रतिशतले घटेको छ । वित्त समूहमा पनि करिब १ प्रतिशतको गिरावट आएको छ भने अन्य अधिकांश समूह दोहोरो अंकले ओरालो लागेका छन् ।
बजार घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँ नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३४७ कम्पनीका १ करोडभन्दा बढी कित्ता शेयर ४ अर्ब १५ करोड रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कम्पनीमध्ये १९९ वटाको शेयर मूल्य घट्दा ७० वटाको मूल्य बढेको छ । यस दिन रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्