
काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा नेपालले कीर्तिमान रचेको छ ।
नेपालकी जलपरी गौरिका सिंहले कीर्तिमानी स्वर्णपदक जितेकी हुन् ।
बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको २०० मिटर फ्रिस्टाइलमा स्वर्णपदक जित्दै गौरिका सागमा स्वर्ण जित्ने ‘इन्डिभिजुअल’तर्फ पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
उनले निर्धारित् दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गरिन् ।
नेपालले यसअघि भने महिला टिम इभेन्टमा स्वर्णपदक जितेको थियो ।
आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्णपदक जितेका थिए ।
महिला २०० मिटर फ्रिस्टाइलमा भारतले रजत र बंगलादेशले कास्यपदक जितेको छ ।
बेलायतमा बस्दै आएकी गौरिकाले १२औं सागमा रजतपदक जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्