प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्की जिल्ला फुटबल संघ अध्यक्षले आर्थिक हिनामिना गरेकोबारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले दुई साता लगाएर छानबिन गरी प्रतिवेदन तयार पारेको हो । समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी…