२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रियल मड्रिडले आल्भेसलाई हरायो, बेन्जिमाले देखाए चमत्कार


0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलले आल्भेसमाथि २–० को जित दर्ता ग¥यो । रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो ।

पेनाल्टीमा पहिलो गोल गरेका उनले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए ।

करिम बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाएका थिए ।

पाहुना टिमका जिमो नवारोले फेरोमे मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । बेन्जिमाले उपलब्ध गराएको पासमा गोल गर्दै उनले रियलको जित सुनिश्चित गरेका हुन् ।

रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।