१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


विम्बल्डन टेनिस रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने


0
Shares

काठमाडौं । कोरोना भाइरसको महामारीको कारण विम्बल्डन टेनिस रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने भएका छन् ।

अल इङ्ल्याण्ड क्लबले हिजो कोरोनाले प्रतियोगिता रद्द भएपनि पुरस्कार राशीको रुपमा १ दशमलव २५ करोड डलर वितरण गर्ने घोषणा गरेको हो ।

बिमा कम्पनीसँग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।

विम्बल्डनमा २ सय २४ खेलाडीले छनोटमा भाग लिएका थिए । छनोटमा भाग लिने प्रत्येक खेलाडीले जनही १५ हजार ६ सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

योसँगै जोडी स्पर्धामा सहभागी १ सय २० खेलाडीले जनही ७ हजार ८ सय, ब्हील चेयर स्पर्धामा भागलिने १६ खेलाडीले ७ हजार ५ सय र चार खेलाडीको ब्हीलचेयरमा भाग लिने खेलाडीले जनही ६ हजार २ सय डलर पाउने भएका छन् ।

कोरोनाकै प्रभावका कारण क्रिकेट अष्ट्रेलियाले आफ्नो प्रशिक्षण र अन्य विभागका कर्मचारीको तलब कटौती गरेको थियो ।

विश्वभर कोरोनाले बित्तीय संकट सिर्जना गरेको अवस्थामा विम्बल्डनले सिजन रद्द भएपनि खेलाडीलाई पुरस्कार बाँड्ने निर्णय गरेको हो ।