‘सीपीएल’लाई अनुमति, सन्दीपले खेल्ने - Image Khabar
Everest Bank

‘सीपीएल’लाई अनुमति, सन्दीपले खेल्ने

cpl sandeep lamichhane

काठमाडौं, असार २७ । नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल)लाई ट्रिनिडाड एन्ड टोबागोले अनुमति दिएको छ ।

यसअघि, ट्रिनिडाड एन्ड टोबागोको सरकारले अनुमिति नदिँदा सीपीएल हुने/नहुनेबारे अन्योल थियो ।

अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सीपीएल हुने पक्का भएको हो ।

अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सीपीएल दर्शकबिना रंगशालामा खेलाइनेछ ।

सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेलमैदानमा खेलाइँदै आएकामा यसपालि तेस्रो संस्करण भने ट्रिनिडाड एन्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ ।

सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिताअघि कोरोना संक्रमित भए/नभएको परीक्षण गरिने आयोजकले जनाएको छ ।

खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको ‘सेल्फ आइसोलेसन’मा राखिने बताइएको छ ।

आयोजक सीपीएल र त्यहाँको सरकारबीच शुक्रबार राति प्रतियोगिता सञ्चालनको मापदन्डबारे सहमति भएको छ ।

उक्त प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलमार अनुबन्धित भएका छन् ।

उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो ।

उक्त प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।

सन्दीप सीपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् । यसअघि, उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्