काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा सातौँ पटक गोल्डेन बुट जितेका छन् । गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे । योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जमा…