प्रिमियर लिगः शिर्ष चारका लागि रोचक भिडन्त • Image Khabar Image Khabar


प्रिमियर लिगः शिर्ष चारका लागि रोचक भिडन्त


Imagekhabar
२ श्रावण २०७७, शुक्रबार ०८:५३

प्रिमियर लिगः शिर्ष चारका लागि रोचक भिडन्त

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष चारको लागि रोचक भिडन्त भईरहेको छ । गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएसँगै शिर्ष चारको भिडन्त झनै रोचक बनेको हो ।

गएराति म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई तथा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले हराए ।

योसँगै तालिकामा तेस्रो स्थानको चेल्सीसँग चौंथो स्थानको लेष्टर सिटी र पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडले एक अंकको दुरी बनाएका छन् ।

लिगमा दुई चरणका खेलहरु बाँकी रहँदा यी तीन टोलीमध्ये दुई टोलीले च्याम्पियन्स लिगमा ठाउँ बनाउने छन् भने एक टोली युरोपा लिगमा खुम्चिनेछ ।

प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी यसअघि नैं च्याम्पियन्स लिगमा छनौट भईसकेका छन् ।

लिगमा तेस्रो स्थानको चेल्सीले बाँकी दुई खेलमा लिभरपुल र वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्नेछ ।

यसैगरी लेष्टर सिटीले टोटनह्याम हट्सपर र म्यान्चेस्टर युनाईटेडसँग खेल्न बाँकी छ भने म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेड र लेष्टर सिटीसँग खेल्न बाँकी छ ।

म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीबिचको अन्तिम चरणको खेलले शिर्ष चारको छिनाफानो गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्