रेलिगेशनमा झरिसकेको नरिच सिटी बर्नलेसँग पराजित • Image Khabar Image Khabar


रेलिगेशनमा झरिसकेको नरिच सिटी बर्नलेसँग पराजित


Imagekhabar
४ श्रावण २०७७, आईतवार ०७:४२

रेलिगेशनमा झरिसकेको नरिच सिटी बर्नलेसँग पराजित

काठमाडौं । इंग्लीश प्रिमियर डिभिजनबाट रेलिगेशनमा झरिसकेको नरिच सिटी गएरातिको खेलमा बर्नलेसँग पराजित भएको छ ।

पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको नरिच २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ३५ औँ मिनेटमा एमिलियानो बोएन्दिया तथा पहिलो हाफको इन्जुरी समयमा योसिप द्रिमिच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नरिच सिटी ९ खेलाडीमा सीमित भयो ।

बर्नलेका लागि पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रिस वूडले पहिलो गोल गरे । ८० औँ मिनेटमा नरिचका बेन गडफ्रीले आत्मघाती गोल गरेपछि बर्नले २–० ले विजयी भयो ।

जितपछि नवौँ स्थानको बर्नलेको ३७ खेलबाट ५४ अंक भएको छ । पुछारको नरिचको २१ अंक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्