काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई एभर्टनले बराबरीमा रोकेको छ । गएराति एभर्टनको मैदान गुडिसन पार्कमा भएको मर्सीसाइड डर्बी खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीसँगै लिभरपुललाई प्रिमियर लिग फुटबलको उपाधि जित्न कम्तिमा दुई खेल कुर्नुपर्ने भएको छ । लिभरपुल ३० वर्षपछि पहिलो पटक लिगको उपाधि जित्ने यात्रामा छ । एभर्टनसँगको…