क्यारेबियन लिग: सन्दीप लामिछानेको टिम जमैका तलावाज पराजित • Image Khabar Image Khabar


क्यारेबियन लिग: सन्दीप लामिछानेको टिम जमैका तलावाज पराजित


Imagekhabar
५ भाद्र २०७७, शुक्रबार १०:१७

क्यारेबियन लिग: सन्दीप लामिछानेको टिम जमैका तलावाज पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ ।

ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो ।

उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो ।

आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गर्नुभयो । उहाँले ३० रन खर्चेर एक विकेट लिनुभयो ।

नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिनुभयो ।

त्यसपछि ११औं ओभरमा बलिङ गर्दै उहाँले ११ रन दिनुका साथै एक विकेट लिनुभयो ।

उहाँले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काउनुभयो ।

नराईन ५३ रनमा आउट हुनुभयो । यस्तै खेलको १३औं ओभरमा सन्दीपले ७ रन खर्चिनुभयो । सन्दीपले १५औं ओभरमा १० रन दिनुभयो ।

ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा ग¥यो ।

उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए ।

बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो ।

उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेल्नुभयो । यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले अविजित रहँदै १६ बलमा १५ रन बनाउनुभयो ।

बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिनुभयो ।

पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिनुभएको थियो ।

उक्त खेलमा उहाँको टोेली जमैका ५ विकेटले विजयी भएको थियो ।

अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्