युएफा च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पिएसजी भिड्दै • Image Khabar Image Khabar


युएफा च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पिएसजी भिड्दै


Imagekhabar
७ भाद्र २०७७, आईतवार ०७:१४

युएफा च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पिएसजी भिड्दै

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा आज राति बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्नेछन् ।

जर्मन फुटबल क्लब बायर्न म्युनिख छैटौं पटक उपाधि जित्ने अभियानमा छ ।

उता फ्रान्सको पिएसजी भने पहिलो पटक युरोपको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

सेमिफाइनलमा फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै बायर्न फाइनल पुगेको हो ।

त्यसअघि बायर्नले नक आउट चरणमा इंग्लण्डको चेल्सी र स्पेनको बार्सिलोना जस्ता बलिया टोलीहरुलाई पाखा लगाउँदै आफ्नो दावेदारी पस्किएको थियो ।

उता ब्राजिलियन स्टार नेयमारको टोली पिएसजीले सेमिफाइनलमा आर.बी लेप्जीगलाई हराएको थियो ।

बायर्न र पिएसजीबिचको यो खेल पोर्चुगलको लिस्बनमा आज राती नेपाली समय अनुसार सवा १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्