Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


वालिङको दोस्रो जित, तीनै गोल विदेशी खेलाडीबाट

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले दोस्रो जित हासिल गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै वालिङले महत्वपूर्ण दोस्रो सफलता पाएको हो । वालिङको जितमा विदेशी खेलाडी मेथो रुथले दुई तथा टोउटा ओर्नेलाले एक गोल गरिन् । वालिङको लिगमा दोस्रो जित हो ।…