Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ । टोटनह्यामको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोल गरे । टोटनह्यामका होएबर्गले एक गोल फर्काए । खेलको सुरुमै टोटनह्यामका ह्युङ मिन सनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए…