काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने भएको छ । क्यानको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र व्यवस्थापकका लागि एक सातामा दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । नेपाली क्रिकेट…