काठमाडौं, मंसिर २३ । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शीर्ष डिभिजनको लिग खेल्ने क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो । मंगलबार हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सम्झौता भएको हो । सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष कर्माछिरिङ…