प्रिमियर लिगमा साउथह्याम्पटन विजयी, भीएआरको निर्णय फेरि विवादित « Image Khabar


प्रिमियर लिगमा साउथह्याम्पटन विजयी, भीएआरको निर्णय फेरि विवादित


Imagekhabar
२३ मंसिर २०७७, मंगलवार ०७:५२

काठमाडों । इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्राइटनलाई २–१ ले हराएको छ ।

गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।

तर यसपछि साउथह्याम्पटनका यानिक भेस्टेरगार्ड र ड्यानी इंग्सले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए ।

घुँडाको चोटका कारण एक महिना मैदान बाहिर रहेका इंग्सले पुनरागमनको पहिलो खेलमै विवादास्पद पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पेनाल्टी दिने भिजुएल असिस्टेन्ट रेफ्री (भिएआर) को निर्णय फेरि एक पटक विवादित बनेको छ ।

जितसँगै साउथह्याम्पटन ११ खेलबाट २० अंक जोड्दै प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २४ अंक रहेको छ । २२ अंकसहित चेल्सी तेस्रो स्थानमा रहँदा चौथो स्थानको लेष्टर सिटीको २१ अंक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्