आर्सनललाई हराउँदै टोटनह्याम प्रिमियर लिगको शिर्ष स्थानमा « Image Khabar


आर्सनललाई हराउँदै टोटनह्याम प्रिमियर लिगको शिर्ष स्थानमा


Imagekhabar
२२ मंसिर २०७७, सोमबार ०८:०३

काठमाडौं । आर्सनललाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे ।

जोजे मौरिन्होको प्रशिक्षणमा टोटनह्यामले यो सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा साविक विजेता लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–० ले हरायो ।

लिरभपुलका लागि मोहोमद सालाह, जर्जीनियो वहाल्दम र जोएल माटिपले एक एक गोल गर्दा वुल्भरह्याम्पटनका नेल्सन सेमेडोले एक आत्माघाति गोल गरे ।

गएराति भएको अर्को खेलमा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–१ ले हराउँदा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई ५–१ ले पाखा लगायो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ११ खेलबाट २४ अंक जोडेका टोटनह्याम हट्सपर र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानको चेल्सीको २२ अंक छ भने २१ अंकसहित लेष्टर सिटी चौथो स्थानमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्