काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ । मंगलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । खेलकुदमन्त्री चौधरीले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो । उहाँले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो…