
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेलमा जारी पाँचौं चरणको एपिएल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सौजन्य समाज किमडाँडा उपाधि जित्न सफल भएको छ । उसले रोयल सन्धिखर्कलाई १ सय २७ रनको लक्ष्य दिएकोमा रोयल सन्धिखर्क ५९ रनले पराजित भएको हो ।
अर्घाखाँची क्रिकेट संघको आयोजनामा माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा चार टिमको सहभागीता रहेको थियो । यो सँगै सौजन्य समाज किमडाँडाले प्रथम हुँदै नगद पुरस्कार १ लाख ट्र«फि, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता रोयल सन्धिखर्कले ५० हजार नगद ट्र«फि, प्रमाण पत्र र मेडल प्रदान गरिएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष रिषिकेश भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्