५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा


0
Shares

काठमाडौं । इंग्लीश फुटबल क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । समुह चरणको सातौं खेलमा फ्रान्सको लिल्माथि २–१ को जित निकाल्दै लिभरपुल नकउआट चरणमा पुगेको हो ।

मंगलबार राति आफनै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र हार्भे इलियटले एक एक गोल गरे । पराजित टोली लिल्का जोनाथन डेभिडले एक गोल फर्काए । जितसँगै लिभरपुलले सात खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट १८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ ।

गएराति भएको खेलमा बार्साले पोर्चुगलको बेन्फिकालाई ५–४ ले हरायो । च्याम्पियन्स लिगकै अन्य खेलहरुमा फ्रान्सको मोनाकोले इंग्ल्याण्डको एस्टन भिल्लालाई १–० ले हराउँदा स्पेनको एट्लेटिको मड्रिडले जर्मनीको बायर्न लिभरकुजेनमाथि २–१ को जित निकाल्यो ।