Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


खो खो विश्वकपमा नेपाली टोली फाइनलमा


1.1k
Shares

काठमाडौं । नेपाली पुरुष र महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । आज हुने खेलमा दुवै टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको पुरुष सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हराएर फाइनल यात्रा तय गरेको हो भने महिला टोली युगाण्डालाइ ८९–१८ ले हराउँदै फाइनलमा पुगेको हो ।

गत शुक्रबार भएको खेलमा पुरुष टोलीले बंगलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । नेपाली पुरुष टोलीले समूह चरणको पहिलो खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।

नेपाली महिला टोलीले गत शुक्रबार भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो ।

यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो ।

नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल आज हुनेछन् । (तस्बिर-गोरखापत्र)