५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


आईसीसी अण्डर १९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित


0
Shares

काठमाडौं । आईसीसी अन्डर १९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

मलेसियामा भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । टस हारेर ब्याटिङ गरेको नेपालदे १८ ओभर दुई बलमा ५२ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि साना प्रभिनले सबैभन्दा धेरै १९ रन बनाइन् । यस्तै सिमाना केसीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर दुई बलमा पाँच विकेट गुमाएर पुरा गर्यो । बंगलादेशका लागि सादिया इस्लामले १६ र सुमैया अक्टरले १२ बनाए ।

नेपालकी पुजा महतो, सिमाना केसी, रचना चौधरी र रिया शर्माले सामन एक विकेट लिए । यसैगरी बंगलादेशकी जन्नतुल माउले दुई विकेट लिंदा निशिता अक्टर निशि, फाहोमिदा चोया र सुश्री अनिसा अख्तर सोबाले समान एक विकेट लिए । आजै भएको दोश्रो खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको छ । स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर पुरा गर्यो ।

नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलंकार वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।
समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । १९ वर्षमुनिको महिला टी-२० विश्वकपको फाइनल खेल माघ २० गते हुने छ ।