काठमाडौं, मंसिर २१ । विमान दुर्घटनामा परी खेलाडी गुमाएको ब्राजिलियन फुटबल क्लव चापेकोन्सेलाई यस वर्षको दक्षिण अमेरिकी च्याम्पियन घोषणा गरिएको छ । दक्षिण अमेरीकी फुटबल महासंघले सोमबार यस्तो निर्णय गरेको हो । कोलम्बियाको फुटबल क्लव एथ्लेटिको नासियोनलविरुद्ध फाईनल खेल खेल्न कोलम्बिया जाँदै गर्दा गत हप्ता उक्त विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको मृत्यु…