जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिए « Image Khabar


जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिए


Imagekhabar
७ माघ २०७३, शुक्रबार ०७:४७

अष्ट्रेलियाको मेलबर्नमा जारी प्रतियोगिताको दोस्रो खेलमा जोकोभिचलाई उज्वेकिस्तानका डेनिस ईस्तोमिनले पाँच सेटमा हराएका हुन् ।

१ सय १७ औं वरियताका ईस्तोमिनले उपाधि दावेदार जोकोभिचलाई ७-६, ५-७, २-६, ७-६ र ६-४ को सेटमा हराएका हुन् ।

अष्ट्रेलियन ओपन दोस्रो चरणको अर्को खेलमा साईप्रसका मार्कस बग्दातिसलाई ६-३, ६-१ र ६-३ को सोझो सेटमा हराउँदै नवौं वरियताका स्पेनिस खेलाडी रफाइल नदाल तेस्रो चरणमा पुगेका छन् ।

अष्ट्रेलियन ओपनकै अन्य खेलमा विजयी हुँदै क्यानाडाका मिलोस राओनिक, फ्रान्सका गेल मोन्फिल्स र रिचर्ड ग्यास्के तथा स्पेनका डेभिड फेरर तेस्रो चरणमा उक्लेका छन् ।

उता जापानका केई निशिकोरी भने स्पेनका अगष्टो बाउटिस्टासँग सोझो सेटमा पराजित हुँदै बाहिरिएका छन् ।

अष्ट्रेलियन ओपनको महिला एकलतर्फको खेलमा चेक गणतन्त्रकी साफारोभालाई ६-३ र ६-४ को सोझो सेटमा हराउँदै अमेरिकी खेलाडी सेरेना विलियम्स तेस्रो चरणमा पुगेकी छन् ।

यसैगरी क्रोएसियाकी भेकिचलाई हराउँदै डेनमार्ककी क्यारोलिन वोज्नीयाकी र जापानकी ओसाकालाई हराउँदै ब्रिटेनकी योहाना कोन्टा पनि तेस्रो चरणमा उक्लेका छन् ।

महिला एकलकै अर्को खेलमा पोल्याण्डकी आग्नेस्का राड्वान्स्कालाई भने फ्रेन्च खेलाडी लुसी बारोनीले सोझो सेटमा हराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्