पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा « Image Khabar


पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा


Imagekhabar
७ माघ २०७३, शुक्रबार १९:०९

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टिम पुलिसलाई २—१ ले हराउँदै संकटा अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

३५औं मिनेटमा रवी पासवानको गोलबाट अग्रता लिएको पुलिसविरुद्ध ६४औं मिनेटमा विश्व अधिकारीले बराबरी गोल फर्काए । ८५औं मिनेटमा अनिल गुरुङले संकटाको लागि दोस्रो गोल गर्दै जितको आधार बलियो बनाएका थिए ।

दोस्रो हाफमा निकै आक्रमक खेल प्रस्तुत् गरेको संकटाले अन्नतः पुलिसविरुद्ध जित निकाल्न सफल भयो ।

खेलमा ‘म्यान अफ द म्याच’ विश्व अधिकारी घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शनिबार पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लब पोखरा र युनाइटेड सिक्किम भारत भिड्नेछन् ।

प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्