काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।
आयोगका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार, जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दिएको हो ।
अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट समन्वय गरी पठाइएको प्रतिनिधि बताउने ओजस्वी थापाविरूद्ध उजुरी दिएका छन् ।
उजुरीमा संविधानको धारा १६, १७, २० र २२ को विपरीत मानवअधिकारको उल्लंघन गरेको उल्लेख छ । विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने हक लगायतविरूद्ध अन्सारीमाथि कुटपिट गरी नियन्त्रणमा लिएको उजुरीमा उल्लेख छ ।
उजुरीमा कीर्तिपुरमा भएको त्यस दिनको घटनाको भिडियो, अस्पतालको रिपोर्टलाई समेत राखिएको आयोगले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्