Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु


0
Shares

काठमाडौं ।

जिल्ला सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।

आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना।१ घ।५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स।९ प।७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएकोमा चिकित्सकले बिहान १०स्२५ बजे दुवै जनालाई मृत घोषणा गरेका हुन् ।

ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने दुवै सवारीसाधन कार्यालयतर्फ ल्याउने कार्य भइरहेको छ । मृतकका आफन्तको खोजी तथा पहिचान गर्ने कार्यसमेत भइरहेको छ ।

Skip This