२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भाटभटेनी खुला फुटसल सुरु, विजेतालाई १ लाख २५ हजार


0
Shares

आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर भाटभटेनी फुटसलले प्रतियोगिता आयोजना गरेको हो ।

विभिन्न ४६ फुटसल टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ हात पार्दा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेल भाटभटेनी फुटसलको मैदान चुच्चेपाटीमा हुनेछन् ।