गएराति भएको खेलमा स्टोक सिटीमाथि २–१ को संघर्षपूर्ण जित हात पार्दै चेल्सीले तालिकामा फराकिलो अग्रता बनाएको हो । स्टोक सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र ग्यारी केहीलले एक–एक गोल गरे । स्टोक सिटीका जोनाथन वाल्टर्सले पेनाल्टीमार्फत एक गोल गरेका थिए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनललाई वेष्ट ब्रोमले ३–१ ले हराएको…