७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


कीर्तिपुरमा ‘सुपर एट्स’ क्रिकेट हुँदै, २० टोली सहभागी, विजेतालाई एक लाख


0
Shares

आगामी चैत १५ गतेदेखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुनेछ ।

करिब २० टोली सहभागी हुने प्रतियोगितामा ७–७ ओभरको खेल हुने आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

पहिलोपटक फरक संरचनामा आयोजना गर्न लागिएको प्रतियोगिताले सफलता पाउने आयोजकको विश्वास छ ।