Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान


0
Shares

काठमाडौँ ।

भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गर्नुभएको हो ।

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।

प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तरराष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताउनुभयो ।

Skip This