Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


मध्यपुरमा ‘खाँ पिहाँवइगु जात्रा’


0
Shares

काठमाडाैं ।
मल्लकालीन युद्धको झझल्काे दिने खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न भयाे । प्रत्येक वर्ष बडा दसैंकाे एकादशीमा याे जात्रा मनाइने गरिन्छ ।

जात्रामा युद्धको बेलामा प्रयाेग हुने सेताे वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिडेका, फलामबाट निर्मित सिक्रिजडित टाेपी लगाएकाहरू युद्ध परेड खेलेर नगर परिक्रममा गर्ने गरिन्छ ।

तत्कालीन मल्लकालीन दरबारबाट निकालिने याे जात्रालाई थहनेया टाेलकाे रूपमा ईनाएटाेल, दुईपाेखरी हुँदै दिगु भैरव सम्म र काेहनेया टाेलकाे रूपमा दथुटाेल हुँदै बालकुमारीमा कुभिन्डाे काटेसँगै सम्पन्न गरिन्छ ।

दसैंकाे नवमीमा तलेजु भवानीलाई चढाएकाे बलि र काेतभित्र अवस्थित देवता र दरबारकाे राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेषगरी याे जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जाेशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायकाे प्रत्यक्ष संलग्नता देखिन्छ ।

जात्राकाे ऐतिहासिक पक्ष, महत्व र विशेषता विषयमा थप अनुसन्धान जरूरी छ ।

Skip This