मंगलबार गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली पोखरा–११ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली झापा–११ सेमिफाइनलमा पुगेको छ । झापाका लागि पहिलो गोल खेलको १२औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजयले गरे । त्यसपछि १७औं मिनेटमा कर्ण लिम्बू, १९औं मिनेटमा विशाल राई, ५६औं मिनेटमा खमिर गिल्सन कन्दङ्वा र ७६औं…