Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


नेपाल र मलेसियाको खेल जारी, नेपाललाई २४ ओभरमा ४६ रनको लक्ष्य


0
Shares

मलेसियाको क्वालालम्पुरमा आज बिहानैदेखि वर्षा भएपछि झण्डै ५ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि आयोजक मलेसियाले पहिले व्याटिङ गरेको हो ।

१५ ओभर ३ बल मात्रै क्रिजमा टिकेको मलेसियालाई ४५ रनमै समेट्न नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए ।

यसैगरी शहाब आलम र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट झारे । जवाफमा नेपालले ४६ रनको लक्ष्य पछ्याँउदै आफ्नो व्याटिङ सुरु गरेको छ ।

यही समूहको अर्को खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् । वर्षाको कारण ३२ ओभरमा घटाइएको खेलमा बंगलादेशले जितका लागि १ सय ८८ रनको चुनौती पाएको छ ।

टस हारेको भारतले पहिले व्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १ सय ८७ रन जोडेको हो । यी दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ ।

२ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।